काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार बोर्डले विज्ञप्ति जारी गर्दै स्थगनको जानकारी गराएको हो ।
बोर्डको विज्ञप्तिमा भनिएको छ, “पूर्वनिर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको छ ।”
साथै, स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
