महोत्तरी | महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदी फरार भएका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा पर्खाल भत्काएपछि उनीहरू भाग्न सफल भएका हुन् ।
करिब पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेरम्ब शर्माले जानकारी दिनुभयो ।
फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको डीएसपी शर्माले जनाउनुभयो ।