देशमा अन्ततः अन्तरिम सरकार गठन गर्ने सहमति भएको छ । दलहरूबीच भएको छलफलपछि आजै नयाँ सरकार गठन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
यस क्रममा नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने ऐतिहासिक सम्भावना बनेको छ। दलहरूले यसबारे सहमति जुटाएका छन् । त्यसअन्तर्गत संसद विघटन गर्ने निर्णयमा पनि सहमति भएको छ भने प्रधानमन्त्रीको सपथ आजै हुने छ । सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।
सानो मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य राखिएको छ । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।