संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष ‘संविधान दिवस अफर २०८२’ घोषणा गरेको छ ।
नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भएको उपलक्ष्यमा यो अफर सार्वजनिक गरिएको हो । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुनेछ । यस अवधिमा रु ४९ मा एक दिन प्रयोग गर्न सकिने ‘१ एमबिपिएस अनलिमिटेड डाटा’ तथा नेपाल टेलिकमकै नेटवर्कभित्र १०० मिनेटसम्म कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
यसैगरी, डाटा प्याकेज अन्तर्गत रु १११ मा पाँच दिनसम्म ६ जीबी, रु १९९ मा सात दिनसम्म १३ जीबी, रु २९९ मा १२ दिनसम्म २० जीबी र रु ३९९ मा १५ दिनसम्म ३० जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस्तै, रु ७८९ मा उपलब्ध ‘फेस्टिभ कम्बो प्याक’ प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म मान्य हुने व्यवस्था गरिएको छ । यसअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट कल सुविधा र २०० एसएमएस उपलब्ध हुनेछ ।
पोस्टपेड प्रयोगकर्ताले यो प्याक वा ३० जीबी डाटा प्याक खरिद गरेमा मासिक ‘रेन्टल चार्ज’बाटै शुल्क काटिने सुविधा पाउने कम्पनीले जनाएको छ ।