काठमाडौँ | कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
परीक्षामा कुल १४,९१० विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ९,४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डले विद्यार्थीहरूलाई नतिजा प्राप्त गर्न बोर्डको आधिकारिक वेबसाइटमार्फत वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी उपलब्ध निर्देशनअनुसार नतिजा हेर्न सकिने जानकारी दिएको छ ।