अन्तरराष्ट्रिय बजारमा देखिएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा आएको परिवर्तनका कारण बुधबार आन्तरिक बजारमा समेत सुन–चाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ५४ हजार ११० कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार सुनको मूल्य तोलामा रु २ लाख ५३ हजार ३०० थियो । यसैगरी, चाँदीको मूल्य पनि निरन्तर वृद्धि भएको छ ।
बुधबार चाँदी तोलामा रु ३ हजार ६५५ कायम भएको छ, जुन मंगलबारको मूल्य रु ३ हजार ५४५ भन्दा रु ११० ले बढी हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४,२२६ अमेरिकी डलर र समान परिमाणको चाँदी ५९ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।
बजार विश्लेषकहरूले विश्वव्यापी आर्थिक अनिश्चितता, सुरक्षित लगानीको खोजी र भूराजनीतिक तनावहरू बढेकै कारण सुन–चाँदीको मूल्य बढ्दै गएको बताउँदै आएका छन् ।