नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिनमा तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। महासंघका अनुसार एकैदिनको उल्लेख्य मूल्य वृद्धिले सुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
महासंघले बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको जानकारी दिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धी देखिएको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक परिस्थितिले सुनचाँदीको मूल्यमा प्रभाव पारिरहेको छ ।