निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।
छलफल कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधि नियन्त्रण गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने तथा निर्वाचनलाई भयरहित, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । यसका लागि सबै सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै भरपर्दो सुरक्षा रणनीति अवलम्बन गर्ने विषयमा समेत छलफल भएको आयोगले जनाएको छ ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा आयोगका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।