आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमाथि परेको उजुरीको जाँचबुझ पूरा गरेपछि आज बेलुकी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि सुरु भई आज बेलुकी ५ बजेसम्म जारी रहनेछ । मनोनयन पत्र र उजुरीको निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिने आयोगको कार्यक्रम रहेको छ ।
उम्मेदवारले माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम पनि तय गरिएको छ । यसका लागि ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट तीन वटा कार्यक्रम सञ्चालन हुनेछन् ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिंगी १ गरी जम्मा ३४८७ उम्मेदवारको दर्ता भएको छ । यसमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको छ ।
उजुरी परेको क्षेत्रहरू यसप्रकार छन्:
संबन्धित निर्वाचन अधिकृतको कार्यालयमा यी उजुरीको जाँचबुझ भइरहेको छ ।