प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतगणना जारी रहेको छ ।
हालसम्म सार्वजनिक प्रारम्भिक परिणामअनुसार विभिन्न निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले उल्लेखनीय अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार मतगणना जारी रहेका क्षेत्रमध्ये ४३ स्थानमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् ।
त्यस्तै नेकपा (एमाले) ५, नेपाली कांग्रेस ४ र नेकपा (माओवादी केन्द्र) २ क्षेत्रमा अग्रता लिइरहेका छन् ।
रास्वपाका तर्फबाट अग्रता लिनेहरूमा
काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही–२ मा सुलभ खरेल, काठमाडौं–१० मा प्रदीप विष्ट, धनुषा–३ मा मनिष झा, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, मोरङ–४ मा सन्तोष राजवंशी, काठमाडौं–५ मा सस्मित पोखरेल, महोत्तरी–१ मा प्रमोदकुमार महतो, भक्तपुर–१ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, काठमाडौं–६ मा शिशिर खनाल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, भक्तपुर–२ मा राजीव खत्री,कास्की–१ मा खड्कराज पौडेल,बारा ३ मा इ अरविन्द साह र बारा ४ मा रहबर अंसारी रहेका छन् ।
त्यसैगरी बाँके–१ मा सुरेशकुमार चौधरी, चितवन–३ मा सोविता गौतम, ललितपुर–३ मा तोसीमा कार्की, कञ्चनपुर–२ मा दीपकराज बोहरा, दाङ–१ मा देवराज पाठक, मोरङ–१ मा यज्ञमणि न्यौपाने, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, कास्की–३ मा बिना गुरुङ, रौतहट–४ मा गणेश पौडेल, रूपन्देही–३ मा डा. लेखजंग थापा, बाँके–३ मा खगेन्द्र सुनार, झापा–२ मा इन्दिरा राना मगर, बारा–१ मा गणेश धिमाल, झापा–५ मा बालेन्द्र शाह (बालेन), तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–५ मा आशा झा र रूपन्देही–५ मा तौफिक अहमद खान अग्रस्थानमा रहेका छन् ।
यसैगरी कञ्चनपुर–१ मा जनकसिंह धामी, बर्दिया–२ मा श्रीधर पोख्रेल, धादिङ–१ मा आसिका तामाङ, पाल्पा–१ मा विमल पन्त, काठमाडौं–२ मा सुनिल केसी, कञ्चनपुर–३ मा ज्ञानेन्द्रसिंह महता, ललितपुर–२ मा जगदीश खरेल र मोरङ–३ मा गणेश कार्की पनि रास्वपाकै तर्फबाट अग्रता कायम गरिरहेका छन् ।
उता नेकपा (एमाले) का उम्मेदवारहरू रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–२ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अग्रस्थानमा रहेका छन् ।
नेपाली कांग्रेस भने हालसम्म ४ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। कांग्रेसका तर्फबाट ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी अग्रस्थानमा रहेका छन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरू रूकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाही अग्रता कायम गरिरहेका छन्।
देशभर मतगणना जारी रहेकाले परिणामहरू क्रमशः परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।