प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मधेश प्रदेशका ६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार बारा निर्वाचन क्षेत्र नं–१ मा रास्वपाका उम्मेदवार गणेश धिमाल २ हजार ४ सय ४१ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै बारा–३ मा अरबिन्द साह ७ हजार ३ सय ६३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । यसैगरी बारा–४ मा रास्वपाका रहबर अंसारी ९ सय १८ मतसहित अगाडि रहेका छन् भने रौतहट–४ मा गणेश पौडेल ४ सय ४३ मतसहित अग्रता लिइरहेका छन् ।
त्यस्तै महोत्तरी–१ मा रास्वपाका उम्मेदवार प्रमोदकुमार महतो ३ हजार ५ सय ४७ मतसहित अग्रस्थानमा रहेका छन् भने धनुषा–३ मा मनिष झा ८ हजार ४ सय ४१ मतसहित अगाडि रहेका छन् ।