स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको थियो । खोलाले बगाउँदा गम्भीर घाइते भएका उनलाई छोरा होमबहादुरले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको हो ।