वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई अष्ट्रेलिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिना घिमिरे रहेकी छन् । ५५ वर्षीया घिमिरे काठमाडौं महानगरपालिका–३२ निवासी हुन् ।
घिमिरेले अष्ट्रेलिया पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका – १४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।