सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो ।
आज कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य वृद्धि भएको छ भने १५४ वटाको मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । बैंकको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै शिवम् सिमेन्ट को ६० करोड ६४ लाख, नेशनल हाइड्रोपावर कम्पनी को ५७ करोड ४८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर को ५४ करोड ९८ लाख र ङादी ग्रुप पावर को ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैबीच, आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ७ समूहको सूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ ।
सबैभन्दा बढी सुधार उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ । यस समूहको सूचक १५४.४३ अङ्क अर्थात् १.५३ प्रतिशतले बढेर १०,२३३.३० विन्दुमा पुगेको छ । त्यस्तै जलविद्युत समूहको सूचक ३७.७१ अङ्क (०.९६%) ले बढेको छ भने म्युचुअल फण्ड ०.८८ प्रतिशत र लगानी समूह ०.७२ प्रतिशतले उकालो लागेको छ । लघुवित्त र फाइनान्स समूहमा पनि सामान्य सुधार देखिएको छ ।
घट्ने समूहहरूमध्ये होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी गिरावट आएको छ । यस समूहको सूचक ६७.६९ अङ्क अर्थात् ०.८६ प्रतिशतले घटेको छ । ट्रेडिङ समूहको सूचक पनि २४.१२ अङ्क (०.६३%) ले ओरालो लागेको छ ।
विकास बैंक समूह ३२.३७ अङ्क (०.५०%) र जीवन बीमा समूह ६५.६२ अङ्क (०.४७%) ले घटेका छन् । बजारको मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहको उपसूचक पनि ४.३६ अङ्क (०.२७%) ले घटेको छ । निर्जीवन बीमा समूहमा भने ०.०४ प्रतिशतको सामान्य गिरावट देखिएको छ ।