काठमाडौं | काठमाडौंको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहारमा संलग्न २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराई का अनुसार, पक्राउ परेका महिला सबै युगाण्डा की नागरिक हुन् । ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६, फायरचोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।
एसपी भट्टराईले बताए अनुसार, ती महिलाहरूले बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गर्दै मोलमोलाइ गरी दु:ख पुर्याइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।
