ललितपुरको यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले बताएको छ कि बिचौलियाहरूले सेवाग्राहीलाई हैरानी र दुख दिने काम गरिरहेका थिए ।
फास्ट ट्रयाकमा काम गरिदिने भनी रकम असुल्ने बारे गुनासो आएपछि प्रहरीले अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।