नेपालमा आरक्षणको सुविधा दुरुपयोग गर्नेमा सबै पार्टीका नेताहरू रहेको तथ्य फेला परेको छ ।
कांग्रेस, एमाले, माओवादी लगायतका दलका नेताहरूले आफ्ना आफन्तलाई आरक्षणको सहायताले उच्च पदमा पुर्याउँदै आएका छन् । यो प्रवृत्ति बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको चरित्रसँग मेल खाने बताइएको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले मात्रै नभएर बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड र स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि आरक्षणको सुविधा पाएको कारण सांसद बनेका छन् ।
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा र शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोख्रेल सांसद छन् । माओवादीमा जनार्दन शर्माकी बहिनी नारायणी शर्मा र शिवपुजन यादवकी आफन्त मीना यादव पनि आरक्षणको फाइदा लिँदै सांसद बनेका छन् ।
त्यस्तै, संघीय समाजवादी फोरमका नेता अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ पनि आरक्षणबाटै सांसद बनेकी हुन् । यसरी, नेताहरूले आरक्षणको सुविधा आफ्ना आफन्तलाई दिनु नीतिगत अपचलनको उदाहरण बनिरहेका छन् ।
विभिन्न पार्टीका नेताहरूले आरक्षणको दुरुपयोग गरेर जनतालाई वाक्क र दिक्क लगाउने काम गरिरहेको गुनासो नउठेकाे भने हैन् तर आरक्षणको सही उपयोग नहुँदा योग्य व्यक्ति अवसरबाट वञ्चित भएको र यो प्रवृत्तिले समाजमा असन्तुष्टि बढाएको जनगुनासो बढेको छ ।
आरक्षणको नीतिमा सुधार गर्दै वास्तविक पात्रहरूलाई अवसर प्रदान गर्ने दिशामा सरकारले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।