संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सातै प्रदेश सरकारलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार प्रदेश अन्तर्गतका सबै कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।
तोकेको समयसीमाभित्र विवरण उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।