विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता कृष्णबहादुर महरा सहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा महरासहित उनका छोरा राहुल महरा र सहसचिव अरुण पोखरेललाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार, पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरा र अन्य व्यक्तिहरूले काम गरेको आरोप लगाइएको छ ।