प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपालिका-८ भण्टावारी बाट ६ लाख ४८ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ हजार ९ सय ५० भारतीय रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा राम लखन यादव (५८) र प्रभु मुखिया (६५) रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्टावारी बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।