नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।
यससँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत बुधबार भने सुनको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँ पुगेको छ। गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।