|
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
गुणस्तर मापन तथा नियमन महाशाखा,
रामशाहपथ, काठमाडौँ ।
विषय: पुनः जानकारी पठाईएको सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा त्यस मन्त्रालयको च.नं. ५०६ मिति २०८३/०१/०९ को पत्र अनुसार आवासीय चिकित्सकहरुको गुनासो कार्यान्वयन भए/नभएको निरीक्षण गर्न स्थलगत अनुगमनमा आउनुभएका मन्त्रालय स्तरिय अनुगमन टोली समक्ष सो गुनासो कार्यान्वयन सम्बन्धमा तपसिल बमोजिम व्यवस्था गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ।
तपसिल:
१. आवासीय चिकित्सकको छात्रावास (होस्टल) सम्बन्धमा ऐच्छिक गरिएको छ।
२. आवासीय चिकित्सकको सक्कल शैक्षिक प्रमाण–पत्र सम्बन्धमा रजिष्ट्रेशन प्रयोजनका लागी त्रिभुवन विश्व विद्यालयको नियमानुसार माईग्रेशन प्रमाण–पत्र मात्र लिने।
३. आवासीय चिकित्सकको हाजिरी सम्बन्धमा ड्युटीमा आउने र जाने बेलामा (२ पटक) हाजिरी गर्ने र विदाको दिन हाजिरी गर्नु नपर्ने व्यवस्था मिलाईएको छ।
४. आवासीय चिकित्सकलाई फिल्ड प्रयोजन अन्य निकायमा पठाउँदाको समयको तलव नियमानुसार भुक्तान गरिने व्यवस्था गरिएको छ।
अन्तमा विद्यार्थी र कलेज प्रशासन बिच सुमधुर सम्बन्ध सधैं कायम रहनको लागी कलेज प्रशासन र विद्यार्थी दुबै पक्ष हर–हमेशा प्रयत्नशील रहने व्यहोरा अनुरोध छ।
प्रशासन प्रमुख
|