साताको चौथो कारोबार दिन बुधबार पनि NEPSE Index मा गिरावट देखिएको छ। नेप्से परिसूचक २५.८१ अङ्कले घटेर २७४४.४५ विन्दुमा झरेको हो ।
आज बजार खुलेदेखि नै ओरालो लाग्ने क्रम जारी रहँदा सूचक २७५० को मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । कुल २३५ कम्पनीको शेयर मूल्य घट्दा मात्र ३० कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज ३५१ स्क्रिप्टमा १ करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
घट्दो बजारका बीच Corporate Development Bank का लगानीकर्ताले भने दोहोरो अंकको लाभ कमाएका छन्। बैंकको शेयर मूल्य १३.८१ प्रतिशतले बढेर २६७८ रुपैयाँ पुगेको छ । अन्य कम्पनीहरूमा भने उल्लेख्य सुधार देखिएको छैन ।त्यस्तै Kumari Bank को डिबेन्चर मूल्य ११.४६ प्रतिशतले घटेको छ भने अन्य स्क्रिप्टहरूमा ठूलो गिरावट देखिएको छैन ।
कारोबार रकमका आधारमा Reliance Spinning Mills शीर्ष स्थानमा रह्यो, जसको २४ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै Palpa Cement को २० करोड २२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
समूहगत सूचकतर्फ आज म्युचुअल फन्ड, विकास बैंक र ट्रेडिङ क्षेत्र मात्र बढेका छन् भने अन्य सबै समूह घटेका छन् । सबैभन्दा धेरै गिरावट उत्पादनमूलक क्षेत्रमा २.२४ प्रतिशतले भएको छ ।