नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै शुक्रबार नेपाली बजारमा दुवै बहुमूल्य धातु सस्तिएका छन् ।