स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुन प्रतितोला रु १ हजार ८०० र चाँदी रु १०५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९२ हजार ७०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८१० निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु २ लाख ९४ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु ४ हजार ९१५ मा किनबेच भएको थियो ।