सरकारले नेपाल टेलिकमको सेयर जनस्तरमा बिक्री गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गरिने बताएका छन् ।
अर्थमन्त्री वाग्लेले उक्त सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई टेक हब (प्रविधि केन्द्र) बनाउने लक्ष्यमा प्रयोग गरिने बताएका छन् । सरकारको यो निर्णयले सार्वजनिक संस्थानमा निजी तथा सर्वसाधारणको लगानी विस्तार हुने अपेक्षा गरिएको छ ।