सरकारले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको मनोबल बढाउन रात्रि भत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।
सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षदेखि नर्सहरूले पाउँदै आएको रात्रि भत्तालाई शतप्रतिशत वृद्धि गरी दोब्बर बनाइने जानकारी दिएका हुन् ।
सरकारले स्वास्थ्य सेवामा निरन्तर खटिने नर्सहरूको योगदानलाई सम्मान गर्दै यो निर्णय गरिएको जनाएको छ । आगामी आर्थिक वर्षदेखि लागू हुने उक्त निर्णयले नर्सिङ कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।