शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • पन्ना देवी विद्यालयको २२ बिघा जग्गाको आम्दानी गायब , विद्यालय प्रशासनमाथि उठयाे प्रश्न
पन्ना देवी विद्यालयको २२ बिघा जग्गाको आम्दानी गायब , विद्यालय प्रशासनमाथि उठयाे प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ २२, २०८३
A1 Beakery Add A1 Beakery Add

बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट प्राप्त हुने आम्दानीको हिसाबकिताबमा गम्भीर प्रश्न उठेको छ ।

विद्यालयको अडिट प्रतिवेदनमा लाखौँ रुपैयाँ बराबरको धानबाली रकम बक्यौता देखिएपछि आर्थिक अनियमितताको आशंका बढेको हो । गत आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विद्यालयले विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख २८ हजार २५० रुपैयाँ बराबरको धानबाली असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ । तर सम्बन्धित जोताहाहरूले भने आफूहरूले रकम बुझाइसकेको दाबी गरेका छन् । यसले विद्यालयको आर्थिक अभिलेख र वास्तविक कारोबारबीच गम्भीर विरोधाभास देखिएको छ ।

प्रतिवेदनअनुसार विद्यालयको जग्गाबाट वार्षिक ३४१ क्विन्टल २२ किलो धान प्राप्त हुनुपर्ने व्यवस्था छ । प्रतिक्विन्टल ३ हजार रुपैयाँका दरले विद्यालयले प्रत्येक वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्ने भए पनि त्यसको स्पष्ट अभिलेख उपलब्ध नभएको पाइएको छ ।

सबैभन्दा ठूलो बक्यौता जोताहा उपेन्द्र प्रसाद चौधरीको नाममा १९ लाख २ हजार ६ सय रुपैयाँ देखाइएको छ । अडिट प्रतिवेदनमा उनले कुतबाली नतिरी जग्गा छाडिसकेको उल्लेख गरिए पनि विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले उक्त विवरण तथ्यगत रूपमा गलत रहेको र चौधरी अझै पनि जग्गा जोतभोग गरिरहेको बताएका छन् । यसले अडिट प्रतिवेदनको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ । यस्तै अर्का जोताहा रामरुप प्रसाद चौधरीको नाममा १२ लाख ९० हजार ९ सय ९० रुपैयाँ बक्यौता देखाइएको छ । तर उनले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डललाई स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको रोहबरमा रकम बुझाएको दाबी गरेका छन् । यद्यपि, रकम बुझाएको कुनै आधिकारिक रसिद भने उपलब्ध छैन । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी अर्का जोताहा सिकेन्द्र सहनीले पनि आफ्नो तर्फको रकम बैंक खातामार्फत जम्मा गरेको दाबी गरेका छन् । तर अडिट प्रतिवेदनमा उनको नाममा ३ लाख ६६ हजार २ सय १० रुपैयाँ बक्यौता देखाइएको छ । अडिट प्रतिवेदनअनुसार बैद्यनाथ सहनीको नाममा ४ लाख २१ हजार ८ सय रुपैयाँ तथा प्रधुमन प्रसाद चौधरीको नाममा ५० हजार ७ सय रुपैयाँ बक्यौता रहेको उल्लेख छ ।

उल्लेखित पाँच जनाको नाममा मात्रै १ हजार ३ सय ४२ क्विन्टल ७५ किलो धानबाली बराबर ४० लाख २८ हजार २५० रुपैयाँ बक्यौता देखाइएको छ । जोताहाहरूले रकम बुझाएको दाबी गर्नु, विद्यालयमा अभिलेखको अभाव हुनु तथा रसिद नहुनुले विद्यालयको आर्थिक व्यवस्थापनमाथि थप आशंका उब्जाएको छ ।

यो प्रकरणले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डल, तत्कालीन प्रधानाध्यापक मोतिलाल यादव तथा लेखापाल राकेश यादवको कार्यकालमा भएका आर्थिक कारोबारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ । स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको सम्पूर्ण आर्थिक कारोबारको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न, जग्गाबाट प्राप्त आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्न तथा दोषी देखिने जो–कोहीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

यता, यस विषयमा विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीसँग प्रतिक्रिया लिन खोज्दा उनले सार्वजनिक रूपमा केही बोल्न चाहेनन् । विद्यालयको खातामा नदेखिएको लाखौँ रुपैयाँ वास्तवमै उठेको थियो वा थिएन, उठेको भए कहाँ गयो र अभिलेख किन भेटिएन भन्ने प्रश्नहरूको जवाफ सम्बन्धित निकायको छानबिनपछि मात्रै स्पष्ट हुने देखिएको छ । हाल उपलब्ध तथ्यहरूले भने विद्यालयको आर्थिक प्रशासनमा गम्भीर अनियमितता भएको आशंकालाई थप बल पुर्‍याएको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १२:१६
#कलैया उपमहानगरपालिका #कलैया #नेपाल शिक्षा #आर्थिक अनियमितता #बारा समाचार #विद्यालय व्यवस्थापन समिति #शिक्षा समाचार #मधेश समाचार #छानबिन माग #भ्रष्टाचार आशंका
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै बुधबार, कात्तिक ११, २०८३
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य आइतबार, कात्तिक ८, २०८३
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय बुधबार, असोज २८, २०८३
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि मंगलबार, असोज २७, २०८३
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP