६० औँ राष्ट्रिय बाल दिवस वीरगंजमा शनिबार ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी' भन्ने नारासहित घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान हुँदै पुनः घण्टाघरमै आएर सभामा परिणत भएको थियो । कार्यक्रममा बालबालिकाका अधिकार र संरक्षणसम्बन्धी नारासहितका प्लेकार्डहरू बोकेका सहभागीहरूले बाल संरक्षणको महत्त्वलाई उजागर गरेका थिए ।

कार्यक्रममा मेयर राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्न महानगरले प्राथमिकता दिएको बताए । उपमेयर इम्तियाज आलमले बाल अधिकार प्रवर्द्धनमा महानगरको निरन्तर लगानी रहेको उल्लेख गरे । कार्यक्रममा सडक नाटकमार्फत लागुऔषध दुव्र्यसन र बालविवाहबारे सचेतना फैलाउने प्रस्तुति पनि गरिएको थियो ।

टिपिओ नेपाल, आवर संसार, र लाइफ नेपाल लगायतले कार्यक्रमको सहकार्य गरेका थिए ।
