नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ३३५ रुपैयाँले कम हो ।
जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो । महासंघका अनुसार मूल्य समायोजनसँगै आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ ।