नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले "असल शिक्षा र शिक्षक कर्मचारी हितैषी जनप्रतिनिधि जिताऊ अभियान मिसन २०८४" अभियान सुरु गरेका छन् ।
समितिका अध्यक्ष तिर्थराज प्रसाद यादव र सचिव विनाेद गिरीद्वारा जारी गरिएको विज्ञप्तिमा भदौ ३१ गते अर्थात साेमबारदेखि नै सम्पूर्ण शिक्षक, कर्मचारी, बालविकास लगायतको सक्रियतामा "असल शिक्षा र शिक्षक कर्मचारी हितैषी जनप्रतिनिधि जिताऊ अभियान मिसन २०८४" सुरु गरिएको हाे ।

जिल्लामा शिक्षाको स्तर खसाएर राजनीतिकाे डमरू बजाइरहेका शिक्षक नेताहरू विधार्थीमा अध्यापन गराउनु भन्दा राजनीतिलाई फाेक्स गरेका छन् ।
३४.३२ प्रतिशत मात्रै महानगरमा नतिजा ल्याएकाे अवस्थामा शिक्षामा स्तरीय रिजल्ट दिनका लागि डटेर शिक्षामा सुधार ल्याउछु, ३ वर्षमा मेरो विधालयकाे शिक्षाको स्तर याे लेभलमा पुर्याएरै छाेड्छु सार्वजनिक रूपमा कसम खाने बेलामा ३ वर्ष अगाडि नै पढाउनै नपाउने बहाना शैक्षिक क्षेत्रका नेताहरूले खाेज्न थालेका छन् ।
"राजनीति" शैक्षिक क्षेत्र बाहिर नेपाल सरकारले भनेको छ तर शिक्षाका नेताहरू भने जनप्रतिनिधि तथा नेताहरूको गुनगान तथा भजन गर्न कुनै कसर बाँकी राखेका छैन् ।
यसबाट अाम शिक्षक, अभिभावक, विधार्थी, नागरिक समाजले के बुझ्ने ?