प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा क्षेत्र सुधारका लागि ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षाको क्षेत्रमा नेपाल पछाडि परेको धारणा राखेका थिए । “हामी शिक्षा, सीप र खोज अनुसन्धानमा पछाडि परेका छौं । यसमा विशेष काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।
उनीले यस वर्ष एसईई ९सेकन्डरी एजुकेशन एक्सामिनेसन० मा रहेका कमजोर नतिजा सुधार्न सरकार सक्रिय रूपमा लागिपरेको जानकारी गराएका थिए । “४८ प्रतिशतमा रहेको एसईईको पास दरलाई यो वर्ष नै ७० प्रतिशतमा पुर्याउने काम भइरहेको छ,” उनले थपे ।
प्रधानमन्त्री ओलीले अनलाइन कक्षामा विशेष ध्यान दिइँदै २२ प्रतिशत नतिजा सुधार्ने लक्ष्य रहेको उल्लेख गरे, “केही विद्वान मित्रहरूले विरोध गरेका छन्, तर हामी यस वर्ष नै २२ प्रतिशत सुधार गर्ने लक्ष्यमा अघि बढिरहेका छौं ।”
सरकारको यस प्रयासले शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यसमा सबैको सहकार्यको आवश्यक्ता रहेको बताए ।