स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला चार हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ तथा चाँदी प्रतितोला चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार आठ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।