केही दिनअघि भएको अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार यो प्राकृतिक विपद्बाट १४३ जना घाइते भएका छन् । बाढी र पहिरोपछिको खोज, उद्धार र राहत कार्यमा सबै सुरक्षा निकायहरू परिचालित भइरहेका छन् । बाढी प्रभावितहरूलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ ।
प्रवक्ता तिवारीले सरकारले खोज, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकता दिएको र अवरुद्ध राजमार्गहरू सुचारु गर्न पहल भइरहेको जानकारी दिए ।