वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरस्थित होटल एभरेस्ट र बबरमहलस्थित होटल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले मंगलबार अनुगमन गर्दा होटल एभरेस्टले म्याद गुज्रिएको सामान बिक्री गरेको पाइएको थियो । होटल बसेराले अत्यधिक महँगोमा सामान बेचेको आरोपमा कारबाही गरिएको हो ।
गुणस्तर, मूल्य, परिमाण, र नापतौल हेरफेर गरेकालाई यस्तो कारबाही गर्न सकिने प्रावधान रहेको विभागले जनाएको छ । त्यसैगरी, डा. इबामुरा मेमोरियल अस्पताललाई बिल बिजक नराखेको भन्दै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।