नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।
यसरी बुधबार सुनको मूल्यमा वृद्धि भए पनि चाँदीको मूल्यमा गिरावट आएको छ ।