शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #धरौटीमा रिहा
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सरकार आर्थिक व्यवस्थापनमा पूर्ण असफल भएको आजपाको आरोप
सरकार आर्थिक व्यवस्थापनमा पूर्ण असफल भएको आजपाको आरोप
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, साउन २, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । आम जनता पार्टी (आजपा) ले मुलुकको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक बनेको निष्कर्ष निकाल्दै वर्तमान सरकार आर्थिक व्यवस्थापन, सुशासन तथा विकास निर्माणका सबैजसो क्षेत्रमा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता सुभाष साहले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारको अपरिपक्व कार्यशैलीका कारण देश गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको उल्लेख गरिएको छ ।

आजपाले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको र राजस्व वृद्धिदर विगतका वर्षको तुलनामा न्यूनतम विन्दुमा पुगेको जनाएको छ । साथै विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोर कार्यक्षमता उजागर भएको पार्टीको ठहर छ ।

विज्ञप्तिअनुसार सार्वजनिक ऋण तीव्र रूपमा बढ्दै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगेको छ । संकलित राजस्व र वैदेशिक सहायताले चालु खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना भएको तथा ऋणको सावाँ–ब्याज तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था आएको भन्दै आजपाले चिन्ता व्यक्त गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

आर्थिक सूचकहरू नकारात्मक रहेको दाबी

आजपाले आर्थिक वर्ष २०८२/८३ का अधिकांश आर्थिक सूचक नकारात्मक रहेको दाबी गरेको छ। पार्टीका अनुसार सरकारले प्रक्षेपण गरेको ३.८५ प्रतिशत आर्थिक वृद्धिदरसमेत हासिल हुन नसकेको तथा उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेपछि बजार मूल्य नियन्त्रण बाहिर गएको छ ।

बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह ६.२ प्रतिशतमा सीमित रहेको र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको उल्लेख गर्दै आजपाले यसले देशमा लगानीको वातावरण कमजोर भएको पुष्टि गर्ने जनाएको छ ।

त्यस्तै, न्यून मूल्याङ्कनमार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कमजोर नियमनका कारण वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई सन् २०२६ को जुनसम्म ‘ग्रे लिस्ट’ (निगरानी सूची) मा राख्ने निर्णय गरेको उल्लेख गर्दै यसबाट नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय कारोबार थप महँगो र जटिल बन्न सक्ने चेतावनी दिएको छ ।

सुशासनका नारामै सीमित भएको आरोप

आजपाले सरकारले सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका नाममा ठूला प्रतिबद्धता जनाए पनि व्यवहारमा आफ्ना निकट व्यक्तिलाई मात्र नियुक्ति दिएर ती नारालाई कमजोर बनाएको आरोप लगाएको छ ।

मन्त्रालयको संख्या घटाएको दाबी गरिए पनि सल्लाहकार र स्वकीय सचिवालयको संख्या बढाएर अनावश्यक खर्च कायमै राखिएको तथा सरकारले गरेका धेरै राजनीतिक निर्णय अदालतबाट स्थगित वा बदर हुनु शासकीय अपरिपक्वताको उदाहरण भएको पार्टीको भनाइ छ ।

विज्ञप्तिमा ‘जेन जी’ आन्दोलनको रापतापमा बनेको र दुईतिहाइ बहुमत प्राप्त वर्तमान सरकार छोटो समयमै जनतामाझ अलोकप्रिय बनेको दाबी गरिएको छ ।

आजपाले आर्थिक वर्ष २०८२/८३ वित्तीय कार्यसम्पादनका दृष्टिले इतिहासकै कमजोर वर्ष बनेको निष्कर्ष निकाल्दै राजनीतिक दलहरूबीच न्यूनतम सहमति कायम गरी बेरोजगारी, गरिबी न्यूनीकरण र जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १७:०४
#सरकार #आम जनता पार्टी #आजपा #राजस्व संकलन #सुशासन #आर्थिक संकट #जिडिपी #आर्थिक वर्ष २०८२/८३ #ग्रे लिस्ट #सार्वजनिक ऋण #वैदेशिक लगानी #मुद्रास्फीति #सुभाष साह #पूँजीगत बजेट #एफएटीएफ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली बुधबार, कात्तिक ११, २०८३
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न बुधबार, कात्तिक ११, २०८३
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न मंगलबार, कात्तिक १०, २०८३
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक मंगलबार, कात्तिक १०, २०८३
रास्वपा पर्सा–२ को चेतावनी : टिकटको झुटो आश्वासन दिनेलाई कारबाही सिफारिस गरिने
रास्वपा पर्सा–२ को चेतावनी : टिकटको झुटो आश्वासन दिनेलाई कारबाही सिफारिस गरिने सोमबार, कात्तिक ९, २०८३
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न वीरगंज सिटी
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु वीरगंज सिटी
वीरगंज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
वीरगंज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP