शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • घरजग्गा कारोबारबाट एक वर्षमै पौने ६१ अर्ब रुपैयाँ राजस्व संकलन
घरजग्गा कारोबारबाट एक वर्षमै पौने ६१ अर्ब रुपैयाँ राजस्व संकलन
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन ४, २०८३
A1 Beakery Add A1 Beakery Add

सरकारले आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट ६० अर्ब ७३ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०७९/८० यताकै सबैभन्दा बढी राजस्व हो । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ४२ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

महिनागत रूपमा हेर्दा गत असारमा सबैभन्दा बढी ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने कात्तिकमा सबैभन्दा कम २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ उठेको विभागले जनाएको छ । साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १० करोड, असोजमा २ अर्ब ७५ करोड, मंसिरमा ४ अर्ब ८४ करोड, पुसमा ५ अर्ब १७ करोड, माघमा ५ अर्ब, फागुनमा ४ अर्ब १४ करोड, चैतमा ६ अर्ब १६ करोड, वैशाखमा ६ अर्ब २६ करोड र जेठमा ५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

असार महिनामा घरजग्गा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । असारमा मात्रै ७० हजार ४ सय ८० पटक नयाँ घरजग्गा किनबेच भएको छ भने कुल १ लाख ९३ हजार २८ पटक विभिन्न प्रकारका घरजग्गा कारोबार सम्पन्न भएका छन् । वैशाखमा ५८ हजार ८ सय ८६ पटक, जेठमा ५४ हजार ७ सय २४ पटक र असारमा ७० हजार ४ सय ८० पटक नयाँ घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

व्यवसायीहरूका अनुसार साउन १ गतेदेखि पुँजीगत लाभकरको दर बढ्नु र जग्गा वर्गीकरण नभएका पालिकामा कित्ताकाट पुनः रोकिएपछि असारमा घरजग्गा कारोबार अस्वाभाविक रूपमा बढेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा पाँच वर्षभन्दा कम स्वामित्व रहेको सम्पत्तिमा ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याएको छ । यो व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।

नेपाल घरजग्गा आवास विकास महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनीका अनुसार पुँजीगत लाभकर वृद्धि र कित्ताकाट रोकिने जानकारीका कारण धेरैले असारमै कारोबार सम्पन्न गरेका हुन् । उनका अनुसार बैंकको ब्याजदर घटेपछि निक्षेपमा पैसा राख्नुभन्दा घरजग्गामा लगानी गर्ने प्रवृत्ति पनि बढेकाले बजारमा केही सुधार देखिएको हो । यद्यपि साउन र भदौलाई घरजग्गा कारोबारको अफसिजन मानिने भएकाले आगामी महिनामा कारोबार केही घट्ने अनुमान उनले गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असार तेस्रो सातासम्म देशका ७५३ पालिकामध्ये ३४० वटा पालिकाले मात्रै कृषि, औद्योगिकलगायत विभिन्न प्रयोजनका लागि जग्गा वर्गीकरण गरेका छन् भने बाँकी ४१३ पालिकाले वर्गीकरण पूरा नगरेकाले ती क्षेत्रमा साउनदेखि पुनः कित्ताकाट रोकिएको छ । सरकारले भू–उपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गरी अस्थायी रूपमा कित्ताकाट खुला गरेको भए पनि तोकिएको समयभित्र वर्गीकरण सम्पन्न नभएका पालिकामा पुनः रोक लगाइएको हो ।

ghar-1784527642.png

जेठको तुलनामा असारमा कित्ताकाट पनि उल्लेख्य रूपमा बढेको छ । विभागका अनुसार जेठमा १ लाख ४३ हजार ८ सय ५७ पटक कित्ताकाट भएकोमा असारमा यो संख्या बढेर २ लाख १२ हजार ७ सय ७९ पुगेको छ। नयाँ कित्ताकाट पनि जेठको ६२ हजार ४ सय ५७ बाट बढेर असारमा ९३ हजार ९ सय ६ पुगेको छ । तर साउनदेखि पुनः रोक लागेपछि कित्ताकाटको संख्या घटेर ४२ हजार ५ सय ६३ मा सीमित भएको विभागले जनाएको छ ।

यसैबीच सरकारले तीन करोड रुपैयाँभन्दा बढी थैली अंक भएका घरजग्गा कारोबार इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था लागू गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सूचनाअनुसार देशभरका महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र तीन करोड रुपैयाँभन्दा माथिका घरजग्गा कारोबार अब अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्नेछ । 

भिडियाे सामाग्री

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  ११:५८
#आर्थिक वर्ष २०८२/८३ #नेपाल अर्थतन्त्र #राजस्व #घरजग्गा कारोबार #कित्ताकाट #जग्गा वर्गीकरण #भूमि व्यवस्थापन तथा अभिलेख विभाग #पुँजीगत लाभकर #रियल इस्टेट #घरजग्गा बजार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्यमा गिरावट
सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्यमा गिरावट बिहीबार, कात्तिक १२, २०८३
धानचामल आयातमा साढे ४ अर्ब बाहिरियो, तीन महिनाको तथ्यांक
धानचामल आयातमा साढे ४ अर्ब बाहिरियो, तीन महिनाको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
स्वदेशमै फूल उत्पादन बढ्दा पनि तिहारमा आयातको दबदबा
स्वदेशमै फूल उत्पादन बढ्दा पनि तिहारमा आयातको दबदबा बुधबार, कात्तिक ११, २०८३
सुनको मूल्यमा उतारचढाव जारी, आज कति पुग्यो भाउ ?
सुनको मूल्यमा उतारचढाव जारी, आज कति पुग्यो भाउ ? मंगलबार, कात्तिक १०, २०८३
असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु
असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु सोमबार, कात्तिक ९, २०८३
दसैंपछि सुनको भाउ घट्यो, तोलामा ११ हजार ७०० रुपैयाँले गिरावट
दसैंपछि सुनको भाउ घट्यो, तोलामा ११ हजार ७०० रुपैयाँले गिरावट आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP