पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई शुक्रबारबाटै गणना हुनेगरि ६ दिन हिरासतमा राख्न अनुमती दिएको हो।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीको आरोपमा शुक्रबार काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा लगिएको थियो । आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।