प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मुलुकका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान ११ः३० बजे हुने छलफलमा निर्यात प्रवद्र्धन, उद्योग क्षेत्रका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे छलफल हुने बताइएको छ ।
छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले पछिल्लो समय देशको अर्थतन्त्र सुदृढीकरण र निजी क्षेत्रको प्रवद्र्धनका लागि उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित छलफल गर्दै आएका छन् ।
सरकारले निर्यात वृद्धि, उत्पादनमूलक उद्योगको विस्तार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ।