शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समायोजनको संघारबाट पुनर्जागरणतर्फ : बाघमोर्चा विद्यालयमा समुदायको साथले फर्कियो आशा
समायोजनको संघारबाट पुनर्जागरणतर्फ : बाघमोर्चा विद्यालयमा समुदायको साथले फर्कियो आशा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन ११, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको ठोरी गाउँपालिका–३ अन्तर्गत वीरगंज–ठोरी हुलाकी सडकखण्डको बाघमोर्चा मन्दिरबाट करिब पाँच सय मिटर उत्तर जंगलको काखमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाघमोर्चा अहिले सामुदायिक विद्यालयको पुनर्जागरणको उदाहरण बनेको छ ।

केही महिनाअघिसम्म विद्यार्थी अभावका कारण समायोजनको जोखिममा परेको विद्यालय अहिले स्थानीय समुदाय, प्रवासमा रहेका युवाहरू, शिक्षक र स्थानीय सरकारको संयुक्त प्रयासबाट नयाँ जीवन पाउन थालेको हो ।

साबिक सुवर्णपुर गाविसअन्तर्गत ठूलो बाघमोर्चा र आठघर गाउँबीच रहेको यो विद्यालय विसं २०४६ सालतिर स्थानीय अग्रजहरूको पहलमा स्थापना भएको थियो । शतप्रतिशत तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा सरकारी उपस्थितिको प्रतीकका रूपमा रहेको विद्यालयले तीन दशकभन्दा बढी समयसम्म हजारौँ बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरेको छ ।

एक समय विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्थे। तर पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तरमा आएको गिरावट, निजी विद्यालयको प्रभाव, शिक्षक दरबन्दी कटौती तथा अभिभावकको विश्वास कमजोर बन्दै जाँदा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गयो। शैक्षिक सत्र २०८३ को सुरुआतसम्म आइपुग्दा विद्यालयमा जम्मा १२ जना विद्यार्थी मात्र बाँकी थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

विद्यालयमा तीन जना प्राथमिक तहका शिक्षक, दुई जना बालविकास सहजकर्ता र एक जना कार्यालय सहयोगी गरी छ जना कर्मचारी रहे पनि विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि विद्यालय समायोजनको चर्चा सुरु भएको थियो । तर यही संकटले गाउँका युवाहरूलाई विद्यालय जोगाउने अभियानमा एकजुट बनायो ।

वैदेशिक रोजगारीमा रहेका बाघमोर्चाका युवाहरूले सामाजिक सञ्जालमार्फत समूह गठन गरी विद्यालय सुधार अभियान सुरु गरे । गाउँका करिब प्रत्येक घरबाट एक जना युवा विदेशमा रहेकाले उनीहरूले आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउन थाले । विद्यालय सुधारका लागि आवश्यक सामग्री खरिद गर्न मात्रै हालसम्म करिब तीन लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

विद्यालयको परिवर्तनमा प्रधानाध्यापक रञ्जीत कार्कीको नेतृत्वलाई पनि महत्वपूर्ण मानिएको छ । जेठको पहिलो सातादेखि विद्यालयको जिम्मेवारी सम्हालेका कार्कीले विद्यालयको कमजोर अवस्थालाई सुधार अभियानको अवसरका रूपमा लिए ।

विद्यालयमा खानेपानीको चरम अभाव थियो । एउटा बोतल पानी भर्नसमेत आधा घण्टासम्म चापाकल चलाउनुपर्ने अवस्था थियो। कार्कीले स्थानीय समुदायको सहयोगमा ३५ वर्षदेखि प्रयोगविहीन रहेको जापान सरकारको सहयोगमा निर्माण गरिएको धारा पुनः सञ्चालनमा ल्याए । त्यसपछि विद्यालयमा नियमित खानेपानीको व्यवस्था भएको छ ।

उनले विद्यालय परिसर सफाइ, विद्यार्थीको दिवा खाजा व्यवस्थापन, शिक्षकको नियमित उपस्थितिमा कडाइ तथा शैक्षिक वातावरण सुधारका लागि निरन्तर पहल गरे । आफ्नै घरबाट ग्यास सिलिन्डर विद्यालय ल्याएर दिवा खाजा व्यवस्थापनमा सहयोग गरेका उनले विद्यालय समयपछि र बिदाका दिनसमेत विद्यालयमै खटिएर सुधार अभियानलाई अघि बढाएका छन् ।

यसको सकारात्मक प्रभाव विद्यार्थी सङ्ख्यामै देखिएको छ । केही महिनाअघि १२ जना मात्र रहेका विद्यार्थी अहिले २५ पुगेका छन् । प्रधानाध्यापक कार्कीले आगामी वर्ष विद्यार्थी सङ्ख्या अझ उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।

उनका अनुसार विदेशमा रहेका ३५ भन्दा बढी युवाले विद्यालय सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । सङ्कलित रकम विद्यालय पोशाक, शैक्षिक सामग्री र आवश्यक पूर्वाधार विकासमा खर्च गर्ने तयारी भइरहेको उनले बताए ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, विद्यालय समयपछि अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्ने तथा बाघमोर्चा विद्यालयलाई गुणस्तरीय सामुदायिक शिक्षाको नमूना बनाउने योजना पनि अघि सारिएको छ ।

विद्यालय सुधार अभियानमा ठोरी गाउँपालिका र वडा कार्यालयले पनि साथ दिएका छन् । चालु आर्थिक वर्षमै विद्यालय सुधारका लागि बजेट विनियोजन गरिएको छ। बजेट निकासा भएपछि भवनमा फल्स सिलिङ गर्ने, रङ्गरोगन गर्ने तथा अन्य भौतिक पूर्वाधार सुदृढ बनाउने तयारी गरिएको छ ।

अहिले विद्यालयमा विद्यार्थीहरू अतिरिक्त समयमा पनि कम्प्युटर प्रयोग गर्न, खेलकुद गर्न तथा गृहकार्य गर्न आउने गरेका छन् । विद्यालयप्रति अभिभावकको विश्वास पनि पुनः बढ्न थालेको छ । वडाध्यक्ष अष्टबहादुर लोप्चनले नियमित रूपमा विद्यालयको अनुगमन गर्दै आवश्यक सहयोग गरिरहेका छन् भने विद्यालय सुधारका लागि बनाइएको मेसेन्जर समूहमा विदेशमा रहेका युवाहरूले निरन्तर छलफल र सहयोग गरिरहेका छन् ।

एक समय अस्तित्व जोगाउन संघर्ष गरिरहेको बाघमोर्चा विद्यालय अहिले समुदाय, शिक्षक, स्थानीय सरकार र प्रवासमा रहेका युवाको साझा प्रयासबाट पुनर्जागरणको यात्रामा अघि बढिरहेको छ। यसले सामुदायिक विद्यालयप्रतिको विश्वास मात्र होइन, सामूहिक प्रयासले परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश पनि दिएको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १४:५२
#खानेपानी #ठोरी गाउँपालिका #विद्यार्थी #पर्सा #शिक्षा #सामुदायिक विद्यालय #वैदेशिक रोजगार #हुलाकी सडक #दिवा खाजा #विद्यालय सुधार #नेपाल राष्ट्रिय प्राथमिक विद्यालय #तामाङ समुदाय #बाघमोर्चा #रञ्जीत कार्की #अष्टबहादुर लोप्चन #जापान सरकार #सामुदायिक सहभागिता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै बुधबार, कात्तिक ११, २०८३
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य आइतबार, कात्तिक ८, २०८३
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय बुधबार, असोज २८, २०८३
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि मंगलबार, असोज २७, २०८३
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP