शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • सम्पादकीय - नारायणी अस्पताल आन्दोलन : सहमतिमा छुटेको जवाफदेहिताको प्रश्न (भिडियाे सहित)
सम्पादकीय - नारायणी अस्पताल आन्दोलन : सहमतिमा छुटेको जवाफदेहिताको प्रश्न (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन १४, २०८३

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा सुरु भएको आन्दोलन अन्ततः सरकार र नेपाल चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिपछि स्थगित भएको छ । तर, चार–पाँच नारायणाी अस्पताल र २ दिनसम्म चलेको देशव्यापी स्वास्थ्य सेवा प्रभावित पार्ने आन्दोलनले नारायणी अस्पताल र यहाँका सेवाग्राहीले के पाए ? यो प्रश्न अहिले गम्भीर रूपमा उठेको छ ।

आन्दोलनको मुख्य माग चिकित्सकमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्नु थियो भने त्यसको कानुनी प्रक्रिया प्रहरीले अघि बढाइसकेको थियो । घटनामा संलग्न आरोपमा केही व्यक्तिहरू पक्राउ परिसकेका थिए। त्यसैले आन्दोलनको उपलब्धि केवल दोषीमाथि कारबाहीको प्रतिबद्धतामा सीमित भयो भने त्यसले अस्पताल सुधारको मूल मुद्दालाई कहाँ पुर्‍यायो भन्ने समीक्षा आवश्यक छ ।

नारायणी अस्पतालमा भएको विवाद केवल एउटा घटनाको परिणाम थिएन । यो लामो समयदेखि थुप्रिँदै आएको स्वास्थ्य क्षेत्रको संरचनागत समस्याको अभिव्यक्ति थियो । पर्याप्त चिकित्सक, नर्स, उपकरण र स्रोत साधनको अभावबीच सेवा दिइरहेको अस्पतालमा कुनै बिरामीको मृत्यु हुँदा त्यसले स्वाभाविक रूपमा प्रश्न जन्माउँछ । तर समाधान केवल आरोप–प्रत्यारोपमा होइन, प्रणाली सुधारमा खोजिनुपर्छ ।

दुःखको विषय, सरकार र चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिमा नारायणी अस्पतालको विकास, आवश्यक जनशक्ति व्यवस्थापन, दरबन्दी पूर्ति, उपकरण तथा स्रोत साधन उपलब्ध गराउने विषय स्पष्ट रूपमा समेटिएको देखिएन । जबकि आन्दोलनको एउटा महत्वपूर्ण माग यही थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यदि स्वास्थ्य संस्थामा पटक–पटक उही समस्या दोहोरिन्छ भने केवल घटनापछि प्रतिक्रिया दिने होइन, समस्याको जरो पहिचान गर्ने जिम्मेवारी पनि राज्यको हो । बिरामीको उपचारमा खटिएका चिकित्सक सुरक्षित हुनुपर्छ, तर त्यत्तिकै महत्वपूर्ण कुरा बिरामीले पनि गुणस्तरीय सेवा पाउने वातावरण बन्नुपर्छ ।

यस घटनामा केही पात्रहरू विवादको केन्द्रमा आए । स्थानीयको अभिभावकीय भूमिकामा समस्या समाधानका लागि पहल गरेका वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परे । अर्कोतर्फ, सुरक्षा व्यवस्थापन र घटनाको समन्वयमा खटिएका प्रहरी अधिकारीमाथि पनि प्रश्न उठे अन्तत उनकाे सरूवा गर्याे । तर, वास्तविक प्रश्न व्यक्ति केन्द्रितभन्दा माथि उठेर प्रणालीगत जवाफदेहिताको हो ।

नारायणी अस्पताल केवल एउटा संस्था होइन, मधेस क्षेत्रकै ठूलो स्वास्थ्य केन्द्र हो । यहाँ आउने हजारौँ नागरिकको भरोसा यससँग जोडिएको छ । त्यसैले आन्दोलनपछि सबैभन्दा ठूलो उपलब्धि अस्पतालको सेवा सुधार, जनशक्ति व्यवस्थापन र स्रोत साधन विस्तार हुनुपर्ने थियो ।

दुर्भाग्यवश, ठूलो दबाब र लामो आन्दोलनपछि पनि यदि अस्पताल सुधारको विषय सहमतिपत्रमा अटाउन सकेन भने त्यो आन्दोलनको उद्देश्य अधुरो रहेको मान्नुपर्ने हुन्छ । चिकित्सकमाथि भएको आक्रमणको न्याय आवश्यक छ, तर बिरामी र स्वास्थ्य संस्थाले भोगिरहेको दीर्घकालीन समस्याको समाधान झन् अति आवश्यक हाे ।

अब प्रश्न चिकित्सक आन्दोलनले जित्यो वा हार्‍यो भन्ने होइन ।

प्रश्न हो– नारायणी अस्पतालले के पायो ?

बिरामीले के पाए ? र

भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले के जिम्मेवारी लियो ?

जवाफदेहिताको सुरुवात यही प्रश्नबाट हुनुपर्छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १४:२६
#नारायणी अस्पताल #वीरगञ्ज #स्वास्थ्य सेवा #चिकित्सक आन्दोलन #पर्सा समाचार #नेपाल चिकित्सक संघ #मधेस प्रदेश समाचार #आशुतोष चतुर्वेदी #अस्पताल सुधार #स्वास्थ्य क्षेत्र
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
प्रधानमन्त्रीज्यू, ‘घुस डिल’ मा चुप लागेर होइन, निर्णायक कदमबाट सुशासनको सन्देश दिनुहोस् (सम्पादकीय)
प्रधानमन्त्रीज्यू, ‘घुस डिल’ मा चुप लागेर होइन, निर्णायक कदमबाट सुशासनको सन्देश दिनुहोस् (सम्पादकीय) सोमबार, असार ३०, २०८२
नेपाल-भारत सीमा क्षेत्रमा तस्करी बढ्दो र सुरक्षा निकायको भूमिकामा प्रश्न  ! | सम्पादकीय
नेपाल-भारत सीमा क्षेत्रमा तस्करी बढ्दो र सुरक्षा निकायको भूमिकामा प्रश्न ! | सम्पादकीय बुधबार, फागुन २८, २०८१
प्रहरी अनुसन्धानमा प्रश्न उठाउने घटनाहरू : राज्यद्वारा ‘तह लगाउने’ नियत
प्रहरी अनुसन्धानमा प्रश्न उठाउने घटनाहरू : राज्यद्वारा ‘तह लगाउने’ नियत शुक्रबार, माघ ११, २०८१
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP