काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोलामा रु १ हजार ८०० र चाँदी प्रतितोलामा रु ४५ ले घटेको हो ।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३१५ कायम गरिएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार र चाँदी रु ४ हजार ३६० मा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार तथा चाँदी रु ४ हजार ३१० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको कारोबार जारी रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार एक औँस सुन ४ हजार ६३ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलर मा किनबेच भइरहेको छ ।