नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुर चुरोट कारखानालाई निजीकरण गर्ने प्रयास भएको आरोप लगाएका छन्।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने कि, गृहमन्त्री हुँदा आफूले यो कारखानालाई प्रदेश सरकारको मातहत ल्याउने प्रक्रिया सुरु गरेका थिए, र हाल कारखाना जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहतमा रहेको जानकारी दिए।
निधिले भने कि हालै दुई तीन दिनयता कारखानाको निजीकरणबारे चर्चा सुन्दै आएकोले यो कदमलाई सङ्घीयताविरोधी कदम मान्न सकिने बताए। यो विषयमा उनले सङ्घीय उद्योगमन्त्रीसँग छलफल गरेका पनि बताए। उद्योगमन्त्रीले कारखानालाई निजीकरण होइन, लाइसेन्स नवीकरणको मात्र कुरा गरेको बताएको निधिले उल्लेख गरे।
उनले चेतावनी दिंदै भने कि चुरोट कारखानाको सम्पत्ति मधेस प्रदेश सरकारको हो, र कुनै निजीकरणको प्रयास संघीयता विरोधी हुने बताए। यस्तो कुनै कदम भएमा आन्दोलनमा उत्रने समेत उनले चेतावनी दिए। निधिले सम्पूर्ण जनतालाई सतर्क रहन आग्रह गर्दै मधेस प्रदेशको हक हितमा अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाउन भने।