सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगंज महानगरपालिका–१ छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय र छठघाट परिसरमा २०० वटा विभिन्न प्रजातिका बिरुवा रोपेर वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले वृक्षारोपणलाई केवल एकदिने अभियानका रूपमा नभई भावी पुस्ताका लागि स्वच्छ, हराभरा र स्वस्थ वातावरण निर्माण गर्ने साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । साथै, रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)