शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी
मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन २५, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालय तथा मातहतका निकायको व्यापक पुनरावलोकन थालेको छ ।

संगठन पुनर्संरचना, दरबन्दी कटौती, सार्वजनिक निकायको एकीकरण तथा खारेजी, बजेट व्यवस्थापन र कर्मचारीको क्षमता विकासलाई प्राथमिकतामा राख्दै सरकारले प्रशासनिक संरचना सुधारको गृहकार्य अघि बढाएको हो ।

सरकारले मुख्यमन्त्रीसहित हाल कायम १२ वटा मन्त्रालयलाई घटाएर ९ वटामा सीमित गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण गर्नुका साथै उपलब्ध जनशक्तिको प्रभावकारी उपयोग गर्ने सरकारको उद्देश्य रहेको छ ।

यसका लागि गाभिने मन्त्रालयबाहेक पाँचवटा मन्त्रालयमा कम्तीमा १५ प्रतिशत दरबन्दी कटौती गर्ने नीति अघि सारिएको जनाइएको छ । मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनमार्फत आवश्यकताअनुसार दरबन्दी निर्धारण गर्ने काम भइरहेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अर्थ मन्त्रालयले भने आफ्नो ओएन्डएम सर्वेक्षण पुनरावलोकन सम्पन्न गरी प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । अर्थमन्त्री युवराज भट्टराईका अनुसार पुनरावलोकनका क्रममा अर्थ मन्त्रालयको करिब ३२ प्रतिशत दरबन्दी कटौती गरिएको छ ।

अर्थमन्त्री भट्टराईले ओएन्डएम सर्वेक्षण पुनरावलोकनसम्बन्धी प्रतिवेदन केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा पेश भई निर्णयसमेत भइसकेको जानकारी दिए । अन्य मन्त्रालयको पुनरावलोकन प्रक्रिया भने जारी रहेको छ । ओएन्डएम सर्वेक्षण पुनरावलोकनका लागि मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयसहित ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले सैद्धान्तिक सहमति लिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी रोहित कोइरालाले अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयको ओएन्डएम पुनरावलोकन प्रक्रिया जारी रहेको बताए । सम्बन्धित मन्त्रालयमा आवश्यक अध्ययन तथा प्रक्रियागत काम भइरहेको उनको भनाइ छ । यसैबीच मधेश प्रदेश सरकार मातहत रहेका विभिन्न सार्वजनिक निकाय, समिति, बोर्ड, प्रतिष्ठान तथा अन्य संस्थागत संरचनाको समेत पुनरावलोकन सुरु गरिएको छ ।

त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलले प्रदेश सरकारअन्तर्गत रहेका निकायको आवश्यकता, कार्यक्षेत्र, प्रभावकारिता तथा आर्थिक भारको अध्ययन गरिरहेको छ । समान प्रकृतिका काम गर्ने निकायबीच रहेको दोहोरोपन हटाउने, आवश्यक निकायलाई सुदृढ बनाउने तथा आवश्यकता नरहेका वा समान प्रकृतिका निकायलाई एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने आधार तयार गर्ने सरकारको योजना छ ।

मन्त्रालयको संख्या घटाउने विषयमा अर्थमन्त्री भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकनसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले यसअघि नै सरकारलाई सुझाव दिएको थियो । कार्यदलले असार १८ गते मुख्यमन्त्रीलाई ९ वटा मन्त्रालय कायम गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सरकारले मन्त्रालय संख्या ९ मा सीमित गर्ने तयारी अघि बढाएको हो ।

सरकारले अब केही दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालयको संख्या घटाउने तयारी गरेको जनाइएको छ । मन्त्रालय तथा सरकारी निकायको पुनर्संरचनालाई केवल संरचना घटाउने योजनाका रूपमा नभई प्रशासनिक खर्च नियन्त्रण, वित्तीय अनुशासन, जनशक्तिको प्रभावकारी परिचालन र सेवा प्रवाह सुधारसँग जोडिएको अर्थमन्त्री भट्टराईले बताएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १३:११
#मधेश प्रदेश सरकार #प्रदेश सरकार #नेपाल समाचार #प्रशासनिक सुधार #मधेश समाचार #जनकपुरधाम समाचार #कर्मचारी व्यवस्थापन #मन्त्रालय संख्या घटाउने #सरकारी खर्च कटौती #युवराज भट्टराई #मन्त्रालय पुनर्संरचना #श्यामप्रसाद पटेल #दरबन्दी कटौती #९ मन्त्रालय #ओएन्डएम सर्वेक्षण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सप्तरी कुशवाहा कल्याण समाजको अध्यक्षमा रामनारायण मेहता निर्वाचित
सप्तरी कुशवाहा कल्याण समाजको अध्यक्षमा रामनारायण मेहता निर्वाचित आइतबार, असोज २५, २०८३
बेमौसमी वर्षाले धान भिजेपछि सर्लाहीका किसान चिन्तित
बेमौसमी वर्षाले धान भिजेपछि सर्लाहीका किसान चिन्तित शनिबार, असोज २४, २०८३
बारामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु
बारामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु शनिबार, असोज २४, २०८३
मर्यादपुरमा लागूऔषध नियन्त्रण अभियान, नशालु पदार्थ सेवन गरे ५ हजार जरिवाना गर्ने निर्णय
मर्यादपुरमा लागूऔषध नियन्त्रण अभियान, नशालु पदार्थ सेवन गरे ५ हजार जरिवाना गर्ने निर्णय शनिबार, असोज २४, २०८३
दशैँका लागि जनकपुरको राजदेवी मन्दिर सिँगारियो, ५० स्वयंसेवक परिचालन गरिने
दशैँका लागि जनकपुरको राजदेवी मन्दिर सिँगारियो, ५० स्वयंसेवक परिचालन गरिने शनिबार, असोज २४, २०८३
मधेशमा कर्मचारी व्यवस्थापनमा बेथिति, रौतहटमा १३५ प्रतिवादी पक्राउ, धनुषा–पर्सामा लाखौँका अवैध सामान बरामद | मधेशमा आज | Top 10 Madhesh
मधेशमा कर्मचारी व्यवस्थापनमा बेथिति, रौतहटमा १३५ प्रतिवादी पक्राउ, धनुषा–पर्सामा लाखौँका अवैध सामान बरामद | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज २४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त वीरगंज सिटी
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल वीरगंज सिटी
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ
प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात
पर्साको सेढवामा प्रथम भेट्रान्स गोल्डकप सुरु, वीरगंज युथ एकेडेमीको विजयी सुरुवात वीरगंज सिटी
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP