१०
सडक डिभिजन कार्यालय, हेटौंडाले लामो समयदेखि अघि बढाउँदै आएको वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान अन्तिम चरणमा पुगेको छ ।
२०
मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी सडक निर्माण तथा स्तरोन्नति कार्यक्रमले उल्लेख्य प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा निर्धारित लक्ष्यको ८५.५३ प्रतिशत सडक कालोपत्रे सम्पन्न भएको छ ।
३०
धनुषा जिल्ला अदालतको मूल गेटअगाडि मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले समयमै उद्धार गरेको छ ।
४०
बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ ।
५०
रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।
६०
मधेश प्रदेशको प्रमुख सरकारी अस्पतालका रूपमा रहेको नारायणी अस्पतालमा सर्पदंशविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) अभाव भएको छ ।
७०
भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ ।
८०
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
९०
बाराको निजगढ नगरपालिका–४ कछडियाबस्तीनजिकै बकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्न गएको एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
१००
सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय कोसिया सदा रहेका छन् ।