नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार र सोमबार भने सुनको मूल्य बढेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ रहेको थियो ।
यससँगै आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।