नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो बुधवार अर्थात् भदौ ३ गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो ।
यस्तै, आज चाँदीको भाउ भने ७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।