भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका १२९० जनाको शव फेला परेको छ । नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विपद्मा ज्यान गुमाएका १,२९० जनाको शव फेला परेको हो ।
यसरी भेटिएका शवहरूमध्ये ९२६ वटा शवको माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। अझै ४,७९८ जना मानिसहरू बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट सुरक्षाकर्मीहरूले हालसम्म ८,१९७ जनाको सकुशल उद्धार गर्न सफल भएका छन्। उद्धार गरिएका र प्रभावित क्षेत्रका नागरिकमध्ये ३,६३१ जनालाई विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।
त्यस्तै, बेपत्ता भएका व्यक्तिका परिवारजनको पहिचान तथा मृत शरीरको सनाखतका लागि हालसम्म १,८६२ जना आफन्तहरूको डीएनए संकलन गरिसकिएको छ।